वडाद्धारा खेलकुदका विभिन्न सामाग्रीहरु वितरण

दमक,१ चैत । झापाको कमल गाउँपालिका -५ नम्बर वडा कार्यालयले युवा तथा बालबालिकाहरुलाई लक्षित गरि खेलकुदका विभिन्न सामाग्रीहरु प्रदान गरेको छ ।वडा कार्यालयमा आज विहिबार संक्षिप्त कार्यक्रम गरि वडामा आवद्ध भएका युवा तथा विभिन्न बाल क्लवहरुलाई फूटवल,भलिवल, व्याडमिन्टन, क्रिकेट ,स्किपीङ लगायतका खेलका सहयोगी सामाग्रीहरु प्रदान गरिएको वडा सचिव अमृत साहले बताए ।
यसैगरि, धिमाल जातिको कला,संस्कृति संरक्षण र सम्बद्र्धनमा टेवा पुरयाँउन उद्देश्यले धिमाल जातिय संस्थालाई दुई थान ढोल, दुई थान सारंगी बाजा समेत वितरण गरिएको उनले बताए ।
बार्षिक सिलिङ वजेटबाट वितरण गरिएका ती खेलकुदका सामाग्रीहरु करिव २ लाख ५० हजार मूल्य बराबरको रहेको उनले जानकारी दिए ।
ती खेलकुद सामाग्रीहरु वडाअध्यक्ष लालबहादुर विष्ट,वडा सदस्यहरु चन्द्रकला सुब्बा, ओम प्रधान ,चुरुहाङ लावती, भूमिका महरा , वडा सचिव अमृत साह लगायतले हस्तान्तरण गरेका थिए । खेलकुद तथा परम्परागत किसिमका ती सरसामाग्रीहरु वितरण गदैं वडाअध्यक्ष विष्टले युवा तथा बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागि यस्ता सहायक सामाग्रीहरु उपयोगी हुने र यसलाई निरन्तरता दिदै लैजाने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.