‘जेसीज युवाको व्यक्तित्व,नेतृत्व विकास गराउने पाठशाला हो ’

सञ्जीब बराल -दमक जेसीज बर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष हुन् । सन् २०१४ देखि जेसीज अभियानमा आवद्ध भई दमक जेसीजको विभिन्न जिम्मेवारी सम्हालिसकेर उनी हालै मात्र एक बर्षे कार्यकालका लागि नेतृत्वदायी जिम्मेवारी सम्हालेका छन् ।
जेसीज अन्य संस्था भन्दा फरक किसिमको नेतृत्व उत्पादन गर्ने संस्था भएको भन्दै उनले दमक जेसीजलाई त्यही ढंगले विकास गर्ने लक्ष्य रहेको सुनाए । आफनो कार्यकालमा युवालाई क्षमता ,व्यक्तित्व तथा नेतृत्व विकासका लागि आवश्यक तालिम,प्रशिक्षण र समुदाय केन्द्रीत विभिन्न कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष बरालको जोड छ । त्यस्तै जेसीजमा कार्य सञ्चालनका लागि सघाँउ पुरयाँउन उद्देश्यले आफनै तवरवाट अक्षयकोष स्थापनाको शुरुवात गरेको उनले बताए ।
जुत्ताचप्पल व्यवसाय गरिआएका युवा व्यवसायी बरालले भने,–‘दमक जेसीजलाई युवाको ढुकढुकीका रुपमा स्थापित गराउन भरपूर प्रयास गर्ने छु ’

प्रस्तुत छ : दमक ६ निवासी दमक जेसीजका ४१ औ अध्यक्ष बरालसंग जेसीजको सेराफेरोमा गरिएको कुराकानी
दमक जेसीजमा कहिलेदेखि आवद्ध हुनुभयो ?
२०१४ देखि दमक जेसीजमा आवद्ध भएको हुँ । जेसीजमा आवद्ध भएर हालसम्म जेसीज अभियानमा सक्रिय भएर आएको छु । मूलत दमक जेसीजमा आवद्ध भएपछि सन् २०१५ मा स्वास्थ्य संयोजक,२०१६ मा उपाध्यक्ष,२०१७ मा सचिव,२०१८ मा प्रकरण निर्देशक,२०१९ मा कार्यकारी उपाध्यक्ष,२०२० मा महासचिव ,२०२१ मा तालिम हल निर्माण संयोजक र २०२२ मा अध्यक्ष जिम्मेवारी सम्हालिरहेको छु ।
–जेसीज कस्तो संस्था हो ?
अन्य संस्था भन्दा जेसीज छुटटै परिचय बोकेको संस्था हो । अन्य संस्था सामाजिक क्षेत्रमा केन्द्रीत हुन्छन भने हामी सामाजिक संघसंस्था लगायतका नेतृत्वदायी संस्थामा सफल नेतृत्व प्रदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेका हुन्छौं । संक्षेप भन्ने हो भने जेसीज भनेको देश तथा समाजलाई चाहिने सक्षम युवा कसरी निर्माण गर्न सकिन्छ ? त्यसका लागि चाहिने सीप,ज्ञान तथा क्षमता अभिबृद्धि गराउने ,सिक्ने र सिकेका कुरा अरुलाई समेत सिकाउने उपयुक्त प्लेटफर्म हो भन्ने लाग्छ ।
जेसीजले युवाको व्यक्तित्व,नेतृत्व विकासका लागि हामी जेसीजमार्फत आवश्यक तालिम,प्रशिक्षण गराउने गरिआएका छौं । आज हेर्नुस, जेसीजबाट आएका धेरै युवाले देशको राजनीतिदेखि समाजका हरेक क्षेत्रमा सफल नेतृत्व प्रदान गरिआएका छन् नी ,यस्तो देनको माध्यम भनेको जेसीजनै हो ।
– तपाई जेसीजमा के बुझेर,देखेर आउनुभयो नी ?
मैले अघिनै भनिसके नी , जेसीजमा अध्यक्ष भइएला,फलानो भइएला भन्ने भन्दा पनि आफूभित्रको क्षमता कसरी विकास गर्न सकिएला भनेर म जेसीजमा आवद्ध भएको हुँ । जेसीजले दक्ष तथा सफल नेतृत्व उत्पादन गर्ने संस्था भएकाले पनि त्यही नेतृत्व दिन ,सिकाउन अवसरका लागि पनि एक मात्र प्लेटफर्म जेसीज पाएको छु । हामीले यहाँ सिकेका ज्ञान,सीप र क्षमता भोलि हाम्रा लागि मात्र समाजको निम्तिनै आवश्यक भएकाले पनि जेसीजमा यस्ता धेरै संभवाना देखेर आर्कषित भएको हुँ ।
युवाको व्यक्तित्व,नेतृत्व बिकासमा जेसीज लक्षित हुन्छ भन्न खोज्नु भयो ?
निश्चय नै । जेसीजको मूल उद्देश्यनै ४० बर्ष मुनीका युवालाई दक्ष सीप, क्षमता प्रदान गरी सक्षम जनशक्ति निर्माण गर्नुनै हो । तर,यसरी भनिरहदाँ समाज प्रति जेसीजको कुनै भूमिका हुदैन भन्ने चाहि विल्कुल होइन् । समाज,देश प्रति पनि जेसीजको उतिकै सक्रिय छ । हामी भन्छौ, जेसीज भनेको सिक्ने सिकाउने पाठशाला हो ,जुन लक्ष्य अन्य संघसंस्थामा हुदैन् ।
दमक जेसीजको अवस्था कस्तो छ ?
दमक जेसीज ४० वर्ष पुगिसकेको छ । यतिका इतिहास बोकेको संस्था दमकको गहना पनि हो भन्ने लाग्छ । यसले समाजमा के कति योगदान पुरयाँए,पुरयाँउन त्यसको मूल्याङकन अवश्य हुनेनै छ । तर पनि हामी जेसीज सदस्य भएको नाताले पक्कै पनि जेसीज शिक्षाले समाज रुपान्तरण गरिआएको पाएका छौं । हेर्नुस, यहाँको धेरै जसो संघसंस्थाहरुको नेतृत्वमा हिजो जेसीजकै पृष्ठभूमिका छन्, यसले पनि के पुष्टि हुन्छ भने जेसीज नेतृत्व उत्पादन गर्ने पाठशाला हो । जेसीज ठुलो भिड बनाउने भन्दा सफल तथा सक्षम युवा निर्माण गर्ने , अवसर जुटाउने माध्यम भएको मान्न सकिन्छ । तसर्थ पनि जेसीज हिजो भन्दा आज झनै यसको महत्व बढ्दै गएको पाएकोछु ।

Leave a Reply

Your email address will not be published.