बिकासको ग्यारेन्टी कांग्रेसले मात्रै गर्ने :नेता रायमाझी

मक,२९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले नागरिकको स्वतन्त्रता, सुरक्षा र बैयक्तिक बिकासको ग्यारेन्टी कांग्रेसले मात्रै गर्ने भन्दै यसलाई जनतामाझ पुरयाँउन खाँचो रहेको औल्याएका छन् ।
आइतवारदेखि कांग्रेसले शुरु गरेको ‘घर घर जाऔं कांग्रेस जिताऔं ’ घरदैलो राष्ट्रिय अभियान अन्तर्गत दमकमा आयोजना गरिएको क्षेत्रीय स्तरको अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रमको शुभारम्भ गर्दे उनले मुलुकको हरेक बिषम परिस्थितिमा नेतृत्व गरेर समस्या समाधान गर्न सक्ने क्षमता कांग्रेससंग मात्रै भएको दावी गरे ।
कांग्रेस हार्दा मुलुकनै हार्ने रहेछ भन्ने कुरा जनतालाई सत्यतथ्य बुझाउन नसकिएको भन्दै उनले भने,–‘यस अभियानले पार्टीका कार्यकर्तामार्फत अव जनताले सूसूचित हुने पाउँने छन् । ’
कांग्रेस झापा जिल्ला सभापति देउकुमार थेवेले यो अभिमुखीकरण कार्यक्रमले नेतृत्वलाई जवाफदेहीता र जिम्मेवारीबोध गराउने जोड दिए । निकट भविस्यमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउने गरि अभियान सञ्चालन गर्न उनले आग्रह समेत गरे ।
कांग्रेस दमक नगर समितिको कार्यालयमा आयोजना गरिएको उक्त अभिमुखीकरणमा अधिवक्ता अमृत बुढाथोकी, रमेश दाहाल लगायतले सहजीकरण गरेका क्षेत्रीय सचिव मुकुन्द उप्रेतीले बताए । क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा कांग्रेस झापाका उपसभापति शेरवहादुर भट्टराई, पूर्व आमन्त्रित केन्द्रीय सदस्य दिलीप राई लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
आइतवारनै सोहि अभियान अन्तर्गतको क्षेत्रीय स्तरको अभिमुखीकरण भद्रपुरमा समेत सञ्चालन गरिएको कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाईले बताए ।

Leave a Reply

Your email address will not be published.