दमकमा पत्रकारमाथिको दुव्र्यवहारप्रति युनियनको निन्दा

दमक,२८ फागुन । झापाको दमकमा आइतबार सुरक्षाकर्मीले दुई जना पत्रकारहरुमाथि समाचार संकलनका क्रममा रहेको बेला सार्वजनिकस्थलमै दुव्र्यवहार गरेको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य चिरञ्जिवी घिमिरे र आदिवासी जनजाती पत्रकार महासंघ फोनिजका केन्द्रिय उपाध्यक्ष कमन देवानलाई आज पहिचानवादी शक्तिहरुले गरेको आम हडतालको प्रभावबारे नागरिकहरुलाई सुसूचित गराउने समाचार प्रयोजनका लागि भिडियो खिचेको भन्दै डिउटीमा खटिएका प्रहरीले मोवाइल खोसेर दुव्र्यवहार गरेका थिए ।
घटनापछि युनियनको माइपश्चिम क्षेत्रीय समितिका तर्फबाट अध्यक्ष विष्णु पौडेलले जारी गरेको विज्ञप्तीमा सार्वजनिकस्थलमा निर्वाध रुपमा समाचार संकलन गर्न पाउने पत्रकारहरुको अधिकारमाथि राज्यपक्षबाट भएको दुव्र्यवहारको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । प्रेस स्वतन्त्रता बिना नागरिकहरुका अधिकार कुण्ठित हुने जिकिर गर्दै युनियनले घटनामा संलग्न प्रहरीलाई कारवाहीको दायरामा ल्याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ ।

Leave a Reply

Your email address will not be published.