पथरी क्याम्पसको निर्वाचन सम्पन्न,मतगणना केहिवेरमै शुरु

छबिराज ढकाल

पथरीशनिश्चरे, २८ फागुन । पथरी बहुमुखी क्याम्पस पथरीशनिश्चरे मोरङको आगामी सञ्चालक समितिको लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
शनिबार २८ गते क्याम्पस सञ्चालक परिषदको लागि गठबन्धनको संयुक्त प्यानल र एमालेको प्रगतिशील समुहका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका थिए ।
चार दलीय गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल रहेका थिए भने एमालेले प्रगतिशील समुह मार्फत आफ्ना उम्मेद्वारहरुलाई चुनावी मैदानमा उतारेको थियो ।
सत्ता गठबन्धनले क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका लागि एकीकृत समाजवादीको तर्फबाट दीपक बस्नेतलाई उम्मेदवार बनाएको हो भने उपाध्यक्षको जिम्मेवार नेपाली काँग्रेसको तर्फबाट माधव कोइरालालाई बनाएका हुन् । यसैगरी , गठबन्धनको तर्फबाट खुल्ला सदस्यका लागि खेमनाथ ढुंगेल, गोविन्द वनेम लिम्बु , धन प्रसाद लिम्बु, नरेश घातनी ,मान बहादुर श्रेष्ठ , रमेश राई , लोक नाथ खरेल , विजयनगर वस्नेतलाई उठाएको छ। यसैगरी, गठवन्धनले महिला सदस्यमा क्रमशः प्रेम कुमारी ढकाल , ज्योति सावा, विष्णु कुमारी बस्नेत, विन्दादेवी राईलाई उम्मेदवारको रुपमा अगाडि सारेको थियो ।

उता , गठबन्धनविरूद्ध एक्लै चुनावी मैदानमा उतारेको एमालेले अध्यक्ष पदका उम्मेद्वार राम कुमार बस्नेतलाई बनाएको हो भने उपाध्यक्षमा नबोलकिशोर खनाल उठाएको छ। ८ जना खुल्ला सदस्यका लागि उद्धवराज बस्नेत, उमानाथ अधिकारी , एकराज निरौला , कर्ण बहादुर विश्वकर्मा , खगेन्द्र लुईटेल , तेजबहादुर बुढाथोकी, प्रदीप राई , हर्क बहादुर राईलाई उम्मेदवार बनाएको छ । साथै ,अरू ४ जना महिला सदस्यमा पनि उम्मेदवारहरु उठाएको छ।
गठबन्धनको तर्फबाट कुनै पनि उम्मेदवारी नपरेपछि एमालेले उम्मेदवार बनाएका डिल्लीराज दहाल लेखा समितिको संयोजक पदमा शुक्रबार नै सर्वसम्मत निर्वाचित भैसकेको निर्वाचन आयोगले जनाएको छ। एमालेले अन्य दुई जनालाई लेखा सदस्यहरूका लागि उम्मेदवार मैदानमा पठाएको थियो।
आज शनिबार दिउँसो ११.३० बजेदेखि मतदान शुरु भएको थियो । उक्त क्याम्पसमा संचालक परिषदका ३१७ जना मतदाता मध्यें २ सय ७७ मत खसेको थियो।आज नै निर्वाचन आयोगले उम्मेदवारी फिर्ता पछिको अन्तिम नामावली समेत प्रकाशन गरि मतदान शुरु गरेको थियो ।
दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्ममा मतदान कार्य सकिएपछि बेलुकी साढे ६ बजेदेखि मतगणना थालिने निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.