कमल -२ मा विद्यालय स्वास्थ्य कार्यक्रम,१८४ विद्यार्थी लाभान्वित

कमल, २७ फागुन । झापाको कमल गाउँपालिका २ नम्बर वडा कार्यालयले सञ्चालनमा ल्याएको विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परीक्षण कार्यक्रमलाई फागुन महिनामा निरन्तरता दिएको छ ।

वडाका निजी तथा सामुदायिक विद्यालयहरूमा पुगेर स्वास्थ्यकर्मीहरुसहितको टोलीले वडाका एक निजीसहित ५ वटा विद्यालयमा मासिक स्वास्थ्य जाँच कार्यक्रमबाट १८४ जना विद्यार्थीहरुले स्वास्थ्य सेवा पाएका हुन् । कमल नगर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रममार्फत विद्यार्थीहरूको स्वास्थ्य परीक्षण ,उपचार तथा आवश्यक परामर्श समेत प्रदान गरिदैआएको अस्पतालका कार्यालय प्रमुख दिपकप्रसाद दाहालले बताए ।

उनका अनुसार फागुन महिनामा ज्योति माध्यमिक विद्यालय, इन्द्र लोहनी स्कुल महेन्द्र रत्न माध्यमिक विद्यालय र दोश्रो दिन नवोदय र कमला मदन आश्रित विद्यालयमा पुगेर विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । फागुनको २६ र २७ गते दुई दिने उक्त स्वास्थ्य जाँचमा जनस्वास्थ्य निरीक्षक समेत रहेका अस्पतालका प्रमुख दाहाल,स्वास्थ्यकर्मी बिनुता संग्रौलासहितको टोलीले प्राविधिक सहयोग पुरयाँएका थिए । स्वास्थ्य परीक्षणका क्रममा विद्यार्थीहरुमा रुघाखोकी,ज्वरो लगायतका मौषमी समस्या देखिएको उनले बताएका छन् ।

कमलका ७ वटा वडा मध्ये २ नम्बर वडाले पहिलोपटक विद्यालयमा स्वास्थ्य जाँच कार्यक्रम सञ्चालनमा ल्याएको हो । वडाबासीलाई स्थानीय स्तरमा गर्न सकिने सामाजिक सुरक्षा लगायतका सेवामा भिन्न संगै प्रभावकारी कार्यक्रम गरिआएका वडाअध्यक्ष अशोक सुव्वाको योजना अनुसार सञ्चालित यस कार्यक्रम विद्यालय स्तरमा निकै उपयोगी बन्दै गएको कार्यबाहक वडाअध्यक्ष भीमसिंह कार्कीले बताए ।

उनले बालबालिकाको स्वास्थ्य सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । कमल २ वडाले शुरुवात गरेको विद्यालयमा स्वास्थ्य जाँच कार्यक्रम पछिल्ला समय अन्य वडाले समेत सञ्चालन गर्न थालेका छन् । कमल २ वडा गाउँपालिकाको मुकाम हो । वडाले सुर्तीसेवन तथा ओसारपसार पूर्णरूपमा निषेध गरेको छ । त्यस्तै, वडाबासीको निधनमा समवेदनासहित रु १० हजार राहत उपलव्ध गराउंदै आएको छ ।

वडा सदस्य कल्पना राईका अनुसार वडाको बार्षिक कार्यक्रम अन्तगर्त यस कार्यक्रमलाई नियमित बनाउँदै भविष्यमा अझ प्रभावकारी स्वास्थ्य सेवा विस्तार गर्न वडाले योजना बनाईरहेको छ । विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो भए मात्रै उनीहरूको अध्ययन प्रभावकारी हुने भएकाले विद्यालयस्तरमै नियमित स्वास्थ्य परीक्षणको व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ । वडाले मासिक रुपमा सञ्चालन गरिंदै आएको स्वास्थ्य परीक्षण कार्यक्रममा वडाअध्यक्ष अशोक सुब्बा, वडा सदस्य सम्झना रणपहेली ,महेन्द्र खत्रीले सहजीकरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published.