बन्द ,हड्ताल नगरिदिन ‘दउवासंघ’को अपिल

दमक, २८ फागुन । दमक उद्योग वाणिज्य संघले विभिन्न माग राखेर गरिने वन्द ,हड्तालका क्रियाकलापले उद्योग व्यवसाय मात्र नभएर दैनिक जनजीवनमा प्रत्यक्ष असर पुग्ने भन्दै वन्द लगायतका कार्यक्रम नगरिदिन अपिल गरेको छ ।
दमक नगरीलाई यसअघिनै बन्दमुक्त बनाउने पूर्वसहमति भएको स्मरण गदैं संघले सोहि अनुसार निर्वाध रुपमा आ–आफना व्यापार,व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न समेत सवै व्यवसायीसंग अनुरोध गरेको छ ।
संघले आज सूचना निकालेर हालको आर्थिक संकटका कारण उद्योगी,व्यवसायी हदैसम्म प्रताडित हुनु परेको तथा आफना माग पूरा गर्ने वहानामा बन्द,हड्ताल लगायतका कार्यक्रम नगरिदिन वन्दकर्ता पक्षसंग आग्रह गरिएको छ ।
संघले वन्दकर्ताले उठाएका आफना जायज मागहरु यथासिघ्र सम्बोधन गरिदिन सरोकार निकायसंग अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.