एड्भान्स अस्पतालमा स्पाईन केयर युनिट

दमक,२७ फागुन । दमक -७ स्थित एड्भान्स अस्पतालले स्पाईन केयर युनिट सञ्चालनमा ल्याएको छ । अस्पतालले आज शुक्रवार एक कार्यक्रम गरि उक्त केयर युनिट सञ्चालनमा ल्याएको हो ।
मेरुदण्ड रोग बिषेशज्ञ प्राध्यापक डाक्टर गौरबराज ढकालको प्रत्यक्ष निगरानीमा रहने गरि उक्त केयर युनिट सञ्चालनमा ल्याईएको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए ।
एड्भान्स अस्पताल सञ्चालक समिति सदस्य दिपक खरेलको अध्यक्षता र दमक नगरपालिका स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईको उपस्थितिमा उक्त केयर युनिटको सुरुवात गरिएको हो । एड्भान्स अस्पतालका हाडजोर्नी तथा नशा रोग बिषेशज्ञ डा. अनुप पोखरेलले मेरुदण्ड रोग बिषेशज्ञ डा. ढकाल संगको समन्वयमा स्पाईन सम्बन्धि समस्या भएका बिरामीको उपचार गरिने व्यवस्था मिलाईएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिकास सुवेदीले जानकारी दिए । अब ढाड, कम्मर, गर्धन दुख्ने तथा ढाडको नशा च्यापिएका बिरामीले अन्यत्र धाउनु पर्ने समस्या समाधान हुने उनले बताए । तत्काल केयर युनिट सञ्चालन गरिएको भए पनि केहि समय भित्रमै एड्भान्स अस्पतालमा सवै प्रकारका स्पाईन सम्बन्धी विरामीको छुट्टै शल्यक्रिया गरिने व्यवस्था गर्न लागिएको डा. सुबेदीले बताए ।

Leave a Reply

Your email address will not be published.