
झापा,२७ फागुन ।झापाको मेचीनगर नगरपालिका–५ पिपलडाँडा चौकको बाझो खेतमा फागुन २५ गते मृत फेला परेकी स्थानीय ६८ बर्षीया अम्बिका कुँवरको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
२५ गते बेलुकी ४ बजे घाँस काट्न गएकी कुवँर साँझ सम्म घर फर्की नआएपछि श्रीमान जगत कुवरले खोजतलास गर्दै जाँदा घर देखि २०० मिटर टाढा रहेको बाँझो खेतमा राती पौने ८ बजे मृत अवस्थामा फेला पारेका थिए ।
घटना बारे प्रहरीलाई खवर प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र संघिय प्रहरी ईकाई कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन भई घटनाको अनुसन्धानको क्रममा मेचिनगर–५ का २७ बर्षीय रणबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको हो ।
मृतक लाशको कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि स्वास्थ्य बिधिबिज्ञान प्रगोगशाला धरान सुनसरी पठाईएको र पक्राउ परेका बस्नेतको झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।