नेतृत्वको राजीनामा समाधान हैन : कांग्रेस कोसी सभापति थापा

झापा, २७ फागुन । नेपाली कांग्रेसका कोसी प्रदेश सभापति एवम संसदीय दलका नेता उद्धव थापाले अहिलेको परिस्थितिमा नेतृत्वको राजीनामा माग्नु वा पद त्याग्नु समस्याको समाधान नभएको बताएका छन्।
झापाको बिर्तामोडमा बुधबार आयोजित कार्यक्रममा उनले चुनावी परिणामपछि नेपाली कांग्रेसभित्र केन्द्रीय सभापति गगन थापाको राजीनामा माग्नु अर्थपूर्ण नहुने स्पष्ट पारेका छन् ।
उनले विशेष महाधिवेशनमार्फत पार्टी सुधारको प्रयास भए पनि त्यो पर्याप्त नभएकोसमेत बताए । उनले लोकतान्त्रिक अभ्यासमा हार–जित स्वभाविक हुने भन्दै निर्वाचनको नतिजाबाट कांग्रेस कार्यकर्ताहरू विचलित हुन नहुने बताए। निर्वाचन परिणामलाई जनताले चाहेको परिवर्तनको सङ्केतका रूपमा व्याख्या गर्दै मतपरिणामलाई संयमित भएर स्वीकार गर्नुपर्नेमा बताए।

विशेष महाधिवेशनमार्फत पार्टी सुधारको प्रयास भए पनि त्यो पर्याप्त नभएको भन्दै उनले कांग्रेसलाई अब नयाँ ढङ्गले बदल्ने र पुनः जनताको पार्टी बनाउने अवसर आएको बताए। कार्यक्रममा उनले निर्वाचित उम्मेदवारहरूलाई बधाई दिँदै आगामी सरकारको कामकारबाहीलाई हेर्न बाँकी रहेको समेत स्पष्ट पारे। उल्लेख गर्दै बरु थप जिम्मेवारी र क्रियाशीलताका साथ पार्टीलाई अगाडि बढाउनुपर्ने धारणा राखे।

 

Leave a Reply

Your email address will not be published.