थेगिमले भने, –‘ अव स्वतन्त्र भएर देशको साझा मुद्यालाई उठान गर्नेछु ’

दमक, २८ फागुन । प्रदेश नामाकरणमा प्रति असन्तुष्टि जनाउदै आन्दोलनरत प्रदेश न. १ पुनः नामाङकन संर्घष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले आफू दलीय रुपमा स्वतन्त्र भएको घोषणा गरेका छन् ।
लामोसमयसम्म नेकपा एमालेको संगठित सदस्य भएका उनले राजनीतिक आस्था एमालेले उत्पीडित जाति,समुदायको हितमा काम नगरेको भन्दै पूर्ण रुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन् ।
दमकमा आज पत्रकार सम्मेलन गरि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष समेत जिम्मेवारी सम्हालिआएका उनले सम्पूर्ण उत्पीडित जनताको न्याय,समानाता र स्वतन्त्रताको पक्षमा उभिदै लोकतन्त्र,गणतन्त्र ,धर्मनिरपेक्षता ,संघीयता र समावेशी आन्दोलनमा सक्रिय भई लाग्ने प्रतिवद्धता जनाएका छन् ।
विभिन्न सामाजिक सञ्जाल तथा आफू माथि एमालेका केहि साथीहरुले पार्टी सदस्यताको विषयमा भ्रामक कुरा बाहिर आएपछि उनले आफनो त्यस्तो धारणा अघि सारेका हुन् । उनले भने, –‘म हिजो एमाले थिए, अव स्वतन्त्र भएर देशको साझा मुद्यालाई उठान गर्नेछु ’
२०३४ सालदेखि २०७२ सालसम्म शिक्षण पेशा गरिआएका उनी बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र न. २ का उम्मेदवारका सूचिमा छन् । पहिचानवादी मात्र नभएर परिर्वतन चाहने सवैका साझा उम्मेदवारका रुपमा आफनो उम्मेदवारी बनाउन लाग्ने उनले स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा प्रदेश न. १ पुनः नामाङकन संर्घष समितिको मुख्य एक घटक किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले पहिचानको आन्दोलनलाई नीति निर्माणसम्म पुरयाँउन पनि इलामको आसन्न उपनिर्वाचनबाट आफूहरुले सफलता पाउने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.