कोशी प्रदेशको बिरोधमा झापामा संघर्ष समिति गठन

दमक,२७ फागुन । पहिचानवादी राजनीतिक दलसहित विभिन्न जातीय संस्थाका अगुवाहरुको शुक्रवार विर्तामोडमा भएको भेलाले प्रदेश न. १ पुनः नामाङ्कन गर्न माग राख्दै दबाबमूलक संयुक्त सङ्घर्ष समिति गठन गरेका छन् ।
फागुन १७ गते प्रदेश न. १ को नाम कोशी प्रदेश भनि गरेको नामाकरणलाई अस्वीकार गर्ने घोषणा गर्दै आएका आन्दोलनका घटकहरुको सहभागितामा जिल्लास्तरीय संघर्ष समिति गठन गरिएको हो ।
प्रदेश न. १ को नाम कोशी प्रदेश भनि घोषणा गरिएको नामलाई खारेज गरेर पहिचानको आधारमा प्रदेश न. १ को पुनः नामाङ्कन गर्न माग राख्दै आन्दोलित दल र जातीय संघ–संस्थाहरुको आन्दोलनलाई थप तार्किक निष्कर्षमा पु¥याँउनका लागि जिल्लास्तरीय संघर्ष समिति गठन गरिएको जनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डपलाल चौधरीको संयोजकत्वमा गठित संघर्ष समितिको सदस्य सचिवमा किरात याक्थुङ् चुम्लुङ्क जिल्ला अध्यक्ष सेसेहाङ् फियाक लिम्बू रहेका छन् । आन्दोलनलाई परिचालन गराउनका लागि युवा परिचालन उप–समिति र आर्थिक उप–समिति समेत गठन गरिएको छ । युवा परिचालन उप–समितिको संयोजकमा सुमन सम्बाहाम्फे र उपेन मेन्याङ्वो सह–संयोजक रहने समेत निर्णय गरिएको छ । त्यसैगरी आर्थिक उप–समितिमा शर्मिला आङ्देम्बेको संयोजकत्वमा भिममाया नेम्बाङ्, सिजा राई र सुनिता लामा सुहाङ् सदस्य रहने निर्णय गरिएको छ ।
भेलाले विभिन्न जिम्मेवारी तोक्दै पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार फागुन २७ गते साँझ झापाको मूख्य केन्द्रविन्दू दमक र विर्तामोडमा केन्द्रिकृत भई राँके जुलुस गर्ने र २८ गतेको आम हडताल आ–आफ्नो क्षेत्रमा सहभागि भई सम्पन्न गर्ने समेत भेलाले निर्णय पारित गरेको जनाइएको छ ।साथै झापा जिल्लाभरि नगर र गाउँ स्तरीय संघर्ष समिति गठन गरेर आम हडताल गर्ने गरी मातहतका समितिहरुलाई निर्देशन गर्ने समेत निर्णय पारित गरिएको जनाइएको छ ।
३३ सदस्यीय गठित संघर्ष समितिको सचिवालय सदस्यमा जनता समाजवादी पार्टीका अध्यक्ष दिपेन बाला राई ,लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका झापा अध्यक्ष जनबहादुर जवेगु,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च झापाका उपाध्यक्ष राजा आङ्थुप्पो , राष्ट्रिय जनमुक्ति पार्टीका मंगल साम्याङ्खाम लिम्बू, किरात मोर्चा झापाका अध्यक्ष राम नेम्बाङ्, लोसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति झापाका उपाध्यक्ष मकल साँबा लिम्बू, संघीय लिम्बुवान पार्टी झापाका अध्यक्ष गोकुल भुजेल ,केवलराम राई , बुद्धिमान सुनुवार , लखनलाल राजवंशी ,सञ्जय थामी रहेका छन् । यसैगरि, संघर्ष समितिको सचिवालय सदस्यहरुमा सन्तोष गणेश , लखन हमरम ,पुष्पलाल चौधरी , रत्न कुमार श्रेष्ठ ,काजीमान घिसिङ् ,टिकाराम गुरुङ, अम्बर कुमार कुमाल, मोतीलाल दनुवार ,लक्ष्मी धिमाल ,कृष्ण माझी ,काँचली ताजपुरिया , पवन मेचे , विकास थापा मगर , दिपक उराउ,रत्न कुमार लिम्बू ,कर्ण राजवंशी , टेकबहादुर देवान , प्रताप निङ्लेकु ,मौलश्री लिम्बू ,कविराज चाम्लिङ्ग लगायत विभिन्न जातिय तथा सामाजिक संस्थाका प्रतिनिधिहरु रहेका छन् ।
प्रदेशको नाम कोशी खारेजीसँगै आगामी दिनमा प्रदेश नम्बर १ को नाम प्रस्ताव सम्बन्धि पनि आन्दोलन घटकहरुबीच एक आवाज बनाएर अघि बढ्नुपर्ने कुरा पनि आजको आवश्यकता हुन आएकाले केन्द्रिय संघर्ष समितिमा प्रदेशको नाम वारे एकरुपता प्रस्ताव पारित गराउन अनुरोध गर्ने समेत भेलाले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.