फुङ्लिङका अग्नीपीडित परिवारलाई राहत

ताप्लेजुङ ,२७ फागुन ।ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार बिहान भएको आगलागीबाट सात घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नेपाल रेडक्रस ताप्लेजुङले राहत वितरण गरेको छ । आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । दुई घर नष्ट हुँदा सात घरका परिवार विस्थापित हुन पुगेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ ।

आग्नी पीडित परिवालाई चामल प्रतिपरिवार ३० केजी, दाल दुई केजी, नुन एक केजी, खाने तेल एक लिटर, साबुन, मसला साथै कपडा वितरण गरेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ ।

आगलागीमा परेर ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । यस्तै सोही आगलागीमा परी १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते भएकी छिन् । उनको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । फुङ्लिङ बजारको कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट बिहान करिव ८ः३० बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलिसकेको छैन भने क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीमा एक वृद्धाको मृत्यु
ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते भएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीया वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।
जलेर घाईते भएकी वृद्धाको जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । उनका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ ।
स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिए । कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published.