जनजाति महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयन

दमक ,२६ फागुन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ ।आईतवार धरानमा सम्पन्न महासंघको पहिलो प्रदेश अधिबेशनले भेदप्रसाद फागोको अध्यक्षयतामा प्रदेश समिति चयन गरिएको हो ।
२१ सदस्यीय सर्बसम्मत निर्वाचित समितिको उपाध्यक्षद्वयमा चन्द्रसिंह राई ,पम्फा धिमाल, सचिवद्वयमा निर्मला गुरुङ र दुर्गाबहादुर खपाङ्गी सहसचिवद्वयमा सुशिला तामाङ र अनिष याख्खा लगायत चुनिएका छन् । उपाध्यक्ष मध्ये चन्द्रसिंह राई कांग्रेस कमल गाउँपालिका ५ वडा समितिका सभापति तथा दमकस्थित गोर्खा डिपार्टमेन्ट स्टोरका सञ्चालक हुन् ।
केही महिना अघि धरानमा नै अधिबेशन उद्घाटन गरिए पनि निर्वाचन कार्यक्रम स्थगित भएको थियो । सोही अवसरमा निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो ।
नेपाल लोकतन्त्रबादी राजबंशी संघ केन्द्रीय अध्यक्ष नौतली राजबंशीको प्रमुख आतिथ्यतामा भएको अधिबेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गरेको नवनिर्वाचित उपाध्यक्ष राईले बताएका छन् । निर्वाचन सम्पन्न गर्न उत्तम सिंङ थाङदेनको सयोजकत्वमा रमेश जिम्मी याक्खा र शिखा चेम्जोङ सदस्य रहेको समिति गठन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published.