झापा आईटीएफ तेक्वान्दो समिति पूर्नगठित

दमक, २६ फागुन । झापा आइटीएफ तेक्वान्दो संघ दमक पूर्नगठित गरिएको छ । दमकमा शुक्रवार भएको भेलाले नबिन तामाङ्ग अध्यक्ष रहेको झापा आइटीएफ तेक्वान्दो संघ पूर्नगठित गरिएको हो ।
पूर्नगठित समितिको तीन उपाध्यक्षमा मजुन कुमार राई,धनबहादुर लकान्द्री , शुष्मा निरौला अधिकारी, सचिवमा पारष आचार्य, सहसचिवमा शेखर खड्का र कोषाध्यक्षमा आइतमाया तामाङ्ग चुनिएका छन् । यसैगरि, सदस्यहरुमा अजित श्रेष्ठ, मिसन श्रेष्ठ,सागर श्रेष्ठ,अनुप श्रेष्ठ, अर्जुन आचार्य, संगम राई, प्रितम अग्रवाल, लालबहादुर तामाङ्ग,मनिष दाहाल, मिथलेस साह, राजु श्रेष्ठ,काजी लामगादे, सञ्जीत रौनियर,सुरज दास लगायत चुनिएका छन् ।
यस्तै, संघका निवर्तमान अध्यक्ष बबरजंग थापा (किरण ) को संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको छ । गठित सल्लाहकार समितिको सदस्यमा प्रकाश प्रसाई,कुमार गिरी, संगीता तुम्बाहाम्फे र सञ्जय रौनियर रहेका छन् ।
त्यस अवसरमा पूर्नगठित समितिलाई बधाई तथा शुभकामनासहित पदहस्तान्तरण समेत गरिएको सचिव आचार्यले जनाएका छन् ।
यसैगरि, नवगठित समिति आइटीएफ तेक्वान्दो खेलको विकासका लागि यहि बैशाख २ गते महिलालाई लक्षित गरि साता दिने आत्मरक्षा तालिम समेत सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.