दमकमा चलचित्र ‘चे’ को विशेष प्रर्दशनी

दमक ,२६ फागुन । दमकमा लिम्बू भाषिक चलचित्र ‘चे’ अर्थात ‘लास’को विशेष प्रर्दशनी गरिएको छ ।माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि. र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले चलचित्रको प्रर्दशन गरेको हो । दमकस्थित डिम्याक्स सिनेमा हलमा सोमबार दुई शो गरि चलचित्रको विशेष प्रदर्शनी गरिएको हो । विशेष प्रर्दशनीमा संघीयवादी नेता कुमार लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो ।
चलचित्र ‘चे’ एफ एल एफ अवार्ड २०२४ र याक्थुङ सिने अवार्ड २०८१ विजेता हुन । निर्माता समेत रहेका चलचित्रका लेखक एवम् निर्देशक सागर केरुङले चलचित्र ‘चे’ लिम्बूहरु आन्तरिक र बाह्यरुपमा कसरी चे-लास भईरहेका छन् ? भन्ने कथामाथि बनाइएको बताउँछन् ।
आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने वीचको द्वन्दात्मक कथालाई चलचित्रको मुख्य विषय बनाइएको उनको भनाई छ ।
सागर केरुङ, इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको यस चलचित्रमा युबराज राईको छायाङकन, मोनि ताम्लिङ, इन्दु फोम्बो र नोगेन लिम्बुको स्वर, बुद्धराज लिम्बूको संगीत, अमृता जबेगुको श्रृङ्गार, पर्शु लिम्बूको सम्पादन, मोनि ताम्लिङको पाश्र्व संगीत रहेको चलचित्रमा बिमला खजुम, यासेली योङ्हाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, कर्णहाङ ताम्लिङ, प्रनेश थेबे, रत्ना लिङ्देन लावती, चन्द्रकला साँवा, राजु घिमिरे, उदय बेघा लगायतको अभिनय रहेकोछ ।
पान्थरको विभिन्न ठाउँहरुमा छायांकन गरिएको यस चलचित्र दमक पछि पूर्वका विभिन्न शहर र विदेशसम्म प्रर्दशन गरिने निर्देशक केरुङले बताए ।

Leave a Reply

Your email address will not be published.