
कमल,२५ फागुन । कमल गाउँपालिका -५ र ६ मा रहेको पाथीभरा किर्तन मण्डलीले नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखालाई प्लास्टिकका ८८ थान कुर्सी सहयोग उपलव्ध गराएको छ ।
मण्डलीले आज एक कार्यक्रम गरि करिव रु ७० हजार मूल्य बराबरको कुर्सी सहयोग उपलव्ध गराएको रेडक्रसका कोषाध्यक्ष प्रमोद दाहालले जानकारी दिए ।
मण्डलीकी अध्यक्ष मन्जु दाहालुसहितको मण्डली टोलीले उक्त कुर्सीहरु रेडक्रस सभापति चन्द्र शाह, कोषाध्यक्ष दाहाललाई हस्तान्तण गरेकी थिइन् । सहयोग हस्तान्तरण क्रममा मण्डलीकी अध्यक्ष दाहालले गाउँटोलमा भजन,किर्तनबाट जुटाईएको रकमले कुर्सी खरिद गरि सेवामा केन्द्रीत रेडक्रसलाई ती कुर्सीहरु उपलव्ध गराएको बताईन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा मण्डलीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।