कमल नगर अस्पतालमा ६४ जनाले लिए केएचडीसीको स्क्रिनिङ सेवा

कमल, २५ फागुन । झापाको कमल गाउँपालिका -२ क्याम्पास्थित कमल नगर अस्पतालमा नसर्ने रोगहरूको शीघ्र पहिचान गर्न आज केएचडीसी स्क्रनिङ कार्यक्रम सञ्चालन गरिएको छ।
अस्पतालमा सञ्चालित शिविरमा मधुमेह, मुटु, उच्च रक्तचाप सहितका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । स्क्रिनिङ जाँजको शुभारम्भ कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले उद्घाटन गरेकी थिइन् । यो अभियानले समुदायमा स्वास्थ्य सचेतना अभिबृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउँने उपाध्यक्ष तिवारीको भनाइ थियो । उनले यस किसिमको कार्यक्रमलाई पालिकाले निरन्तरता दिने उल्लेख गरिन् ।
अस्पतालका कार्यालय प्रमुख दिपकप्रसाद दाहालका अनुसार एक दिने सो कार्यक्रममा कुल ६४ जनाको स्क्रनिङि गरिएको छ। कार्यक्रम अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मृगौला रोग, तौल, उचाइ तथा अन्य नसर्ने रोगहरूको प्रारम्भिक परीक्षण तथा परामर्श अस्पतालका मेसु डा. फुलकचन्द्र लावतीले गरेका थिए । कमल २ का कार्यवाहक वडा अध्यक्ष भिमसिंह कार्की, कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य भुवन निधि, महेन्द्र रत्न माध्यमिक विद्यालयका अध्यक्ष पवन चाम्लिङ, स्वास्थ्य शाखा प्रमुख बिनु थापा, जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठ , वडा सदस्य महेन्द्र खत्री र कल्पना राईलगायतको उपस्थिति रहेको थियो ।

स्थानीय बासिन्दाहरुको उत्साहजनक सहभागिता रहेको यस स्क्रनिङ कार्यक्रममा सेवाग्रहीहरुलाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आवश्यक स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेका थिए । सोही कार्यक्रम सँगै उपाध्यक्ष तिवारीले अस्पतालको निर्माणाधिन भवन र जेनेरेटर राख्ने स्थलको समेत अवलोकन गरेकी थिइन् ।
नियमित दन्त परीक्षण
आजनै अस्पतालमा सञ्चालित दन्त परीक्षणमा १० जनाले विशेषज्ञ सेवा पाएका छन् । दमकको आमा डेन्टलको प्राविधिक सहकार्यमा नियमित दन्त उपचार सेवा १० जनाले सेवा लिएका छन् । जस मध्ये ४ जनाको दाँत खोल्ने, डेन्टल एक्सरे , दाँत तथा गिजाको रोगको पहिचान र आवश्यकता अनुसार औषधि प्रेस्क्रिप्सन सेवा उपलव्ध गराईएको अस्पतालले जनाएको छ । दन्त परीक्षणमा डेन्टलकी डेन्टलसर्जन डा. संगीता बरालसहितको स्वास्थ्य टोलीले प्राविधिक सहयोग पुरयाँएका थिईन् । अस्पतालमा डेन्टलले साताको आइतवार र विहिबार नियमितरुपमा दन्त सेवा उपलव्ध गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published.