दमक,२६ फागुन । गायिका दुर्गा तुम्साको लिम्बू भाषाको पालाम युन्छोदिङ लावेन’ म्यूजिक भिडियो ल्याएकी छन् ।युवा निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बू संस्कृतिमा आधारित पालाम साम्लो ‘युन्छोदिङ लावेन’ सार्वजनिक गरिएको हो ।
शान्ता केरुङको शव्द तथा अमर योङ्हाङको लय संकलनमा गायिका दुर्गा तुम्सा र गायक अमर योङ्हाङको आवाजमा सजिएको पालाम साम्लो ‘युन्छोदिङ लावेन’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
उदय बेघाको सहायक निर्देशनमा असारसिङ निङ्लेकु र निरन्ता नेम्बाङको कोरष रहेको पालाम भिडियोमा दुर्गा तुम्सा, गजेन्द्र सम्बाहाङ्फे, शान्ता केरुङ, जिबन केदेम, युप्परुङ केदेम, देबराज सम्बाहाङ्फे, अबि चेम्जोङ, साक्थिम तुम्सा, कर्मिला आङ्देम्बे, सुनिता थक्सु, अरुना लिम्बू, युनिसा चाम्लिङ राई, बिमला लिम्बू र कुशल येकतेनको अभिनय रहेको छ ।राजु कार्कीको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्ड गरिएको पालाम साम्लोको मिक्सिङ पनि राजु कार्कीले नै गरेका हुन् ।
सुमन तामाङको छायांकन, कृष्ण सुबेदीको मेकअपमा अनिल रानाको सम्पादन रहेको भिडियो लिम्बू कल्चर क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको उनले बताईन् ।