कोशी प्रदेशको नाम ‘लिम्बुवान, किरात’ बनाउन चुम्लुङको माग

इलाम,२६ फागुन । किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम परिवर्तन गरी ‘लिम्बुवान, किरात’ नामाङ्कन गर्न माग गरेको छ । इलाममा सम्पन्न किरात याक्थुङ चुम्लुङको २५ औँ राष्ट्रिय चुम्लुङ बैठकले वर्तमान १४ जिल्ला समेटिएको कोशी प्रदेशको नाम परिवर्तन गरी ‘लिम्बुवान, किरात’ राख्न माग गरेको हो ।

शनिबार सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा बैठकको निर्णय सार्वजनिक गर्दै चुम्लुङका अध्यक्ष प्रेम येक्तनेले कोशी प्रदेशको नाम नसच्याए आठौं प्रदेशको रुपमा ‘लिम्बुवान’ प्रदेश निर्माणको माग गर्ने निर्णय भएको जानकारी दिए । ‘हामीले वर्तमान १४ जिल्लाको प्रदेशलाई नै नाम परिवर्तन गरी लिम्बुवान, किरात बनाउन बनाउन माग गरेका छौं’ अध्यक्ष येक्तेनले भने, ‘यदि त्यो पनि भएन भने, ऐतिहासिक पृष्ठभूमि एवम् वि १८३१ को लिम्बु(गोर्खा सन्धिको आधारमा अरूण कोशीपूर्व मेचीसम्मको भूक्षेत्रमा ‘लिम्बुवान’ आठौँ प्रदेश माग गरेका छौं ।’

बैठकले प्रदेशबासी सरोकारवालासँग छलफल नै नगरी प्रदेशको नाम कोशी राखिएको भन्दै विरोध, आपत्ति, निन्दा र भ्रत्सर्ना गरेको छ । प्रदेशसभाको दुई तिहाई बहुमतले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो । प्रदेशको नामाङ्कनप्रति असहमति जनाउँदै कोशीमा आन्दोलन भइरहेको छ । सोही आन्दोलनको एक घटक संस्था किरात याक्थुङ चुम्लुङले प्रदेशको नाम परिवर्तनमा जोड दिएको हो ।

बैठकले रैथाने आदिवासीको असहमतिको बाबजुद ताप्लेजुङ पाथीभरा ९मुक्कुम्लुङ० मा १० हजार भन्दा बढी रुखविरुवा कटान गर्दै देवी देउतामाथि बन्न लागेको केवलकार निर्माण योजना तत्काल खारेज गर्न माग गरेको छ । त्यस्तै, लिम्बू समुदायका विभिन्न धार्मिक तथा साँस्कृतिक क्षेत्रमा भएको अतिक्रमण रोक्न, मातृभाषा शिक्षक दरबन्दी कायम गर्न, अपभ्रंश भएका ऐतिहासिक स्थलहरुको पुनर्नामाङ्कनलगायत ३० बुँदे समसामयिक प्रस्तावहरु पारित गरेको अध्यक्ष येक्तेनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.