दमक,२६ फागुन । ११४औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल महिला संघ झापा क्षेत्र नं ५ ले यहाँ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कांग्रेस केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्यमा शनिबार दमकस्थित कांग्रेसको पार्टी कार्यालयमा शुभकामना आदनप्रदान तथा महिला अधिकारका बिषयमा आयोजित सो कार्यक्रममा बोल्दै नेतृहरुले महिला हकअधिकारका लागि सवै संगठीत हुनु पर्ने औल्याएकी थिईन् । कार्यक्रममा शारीरिक हिंसा ,भौतिक हिंसा भन्दा मानसिक हिंसा कैयौं गुणा बढेको हुँदा हिंसा सहनु अपराध हो भन्ने मान्यताका साथ सबै महिला अधिकारकर्मी, राजनीतिक दल, संघ संस्था लाग्नु पर्ने वक्ताहरुको साझा धारणा थियो ।
दमक नगर उपप्रमुख तथा कांग्रेसकी कोशी प्रदेश सदस्य रेगीना भट्टराई , कोशी प्रदेश सदस्य चन्द्राकुमारी खड्का, नेपाल महिला संघ झापाकी उपाध्यक्ष नौतली राजवंशी,महिला संघकी जिल्ला सदस्य मेनुका बुढाथोकी, प्रदेश सभा ५ (ख) सहसचिव पुनम बजगाईले शुभकामना मन्तव्य राखेकी थिईन् ।
संघकी क्षेत्रीय अध्यक्ष गोमादेबी प्रसाई बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव निर्मला रिमालले गरेकी थिइन् ।