जेम्सका प्रतिकले जिते राष्ट्रिय स्तरको वक्तृत्वकला

दमक,२६ फागुन । झापाको दमक– ८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स ) का एक जना बिद्यार्थीले वक्तृत्वकलामा राष्ट्रिय प्रतियोगिता जित्न सफल भएका छन् ।सो बिद्यालयको कक्षा ९ मा अध्ययनरत प्रतिक खनालले लियो क्लब अफ काठमाडौं सौहार्दद्धारा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित ‘अपराध नियन्त्रणमा कानुनी साक्षरताको महत्व ’बिषयको वक्तृत्वकलामा खनाल प्रथम स्थान ओगटन सफल भएका हुन् । प्रतियोगिताको विजेता बनेसँगै उनले नगद १५ हजार पुरस्कार, प्रमाण पत्र , मेडल र गिफ्ट ह्याम्पर हात पारेका छन् ।
सो प्रतियोगिताका सहभागीहरुको छनौट (प्रि सेलेक्सन) गत फेब्रुअरी १० मा भएको थियो । सो छनोटमा खनाल कोशी प्रदेशका उत्कृष्ट १० मा परेका थिए भने २४ फेब्रुअरीमा भएको कोशी प्रदेशको छनोट चरणमा प्रदेशकै पहिलो बनेर राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेका थिए ।
७ वटै प्रदेशमा भएका प्रथम, द्धितीय र तृतीय प्रतिस्पर्धीहरु र केही अतिरिक्त प्रतिस्पर्धीहरुबीच शुक्रबार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा गराइएको थियो । खनाल यसअघि भएका वक्तृत्वकला प्रतियोगितामा पनि आफनो वाक कला प्रस्तुत गरेर विभिन्न प्रतियोगिताहरु जित्न सफल हुँदै आएका थिए । उनको वाक कला प्रतिभाको चौतर्फी प्रशंसा हुँदै आएको छ ।
दमकको निकै पूरानो र अव्वल मानिने यस विद्यालयले पढाइसँगै अतिरिक्त कृयाकलापमा जोड दिदै आएकाले पनि यस बिद्यालयका जेहेन्दार विद्यार्थी प्रतिकलाई यस किसिमको सफलता प्राप्त भएको प्रिन्सिपल सागर श्रेष्ठले बताए ।

 

Leave a Reply

Your email address will not be published.