सांसद् डा.शर्माद्वारा विभिन्न आयोजनाहरूको अनुगमन

पथरी शनिश्चरे, २५ फागुन ।मोरङ क्षेत्र नं ३ का संघीय सांसद डा. सुनिल कुमार शर्माले पथरी शनिश्चरेका विभिन्न वडाहरूको अवलोकन तथा निरीक्षण गरेका छन्।कांग्रेसका नेता समेत रहेका सांसद शर्माको पहलमा संघीय सडक डिभिजन कार्यालयको २ करोड ६० लाख रुपैयाँको लागतमा पथरी शनिश्चरे वडा न ०१ को मन्दिर लाइनदेखि बुद्धचोक सम्मको सडकको पुनः निर्माण कार्यको अनुगमन गरेका हुन् ।
११ मिटर चौडाइ रहने सो सडकमा स्तरिय कालोपत्रे हुँदैछ । साथै, लामाटोलबाट भोटेघुम्ती सम्मको लागि पनि पहलकदमी अगाडी बढीसकेको छ भने पथरी -डाइनियासम्मको सडक चाँडै सम्पन्न हुने क्रममा रहेको छ।
सोहि क्रममा पथरी नगर अस्पतालका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य, समाजसेवी बाबुराम राई , समाजिक अगुवाहरुले सांसद शर्मासँग नगर अस्पतालबाट उत्पादित फोहोरमैला व्यवस्थापन लगायतका सवालमा आवश्यक पहल गरीदिन अनुरोध गरेका थिए। आजै सांसद शर्माले वडा नं ४ र ७ किर्तिपुर बजारमा हालै उद्घाटन गरिएको अस्थायी प्रहरी चौकीको समेत अवलोकन तथा निरीक्षण गरेका थिए। उक्त अवसरमा नेपाली काँग्रेस मोरङ क्षेत्र नं ३ का सभापति गणेश खड्का, काँग्रेसका नेता लोकनाथ खरेल, प्रदेश सांसद् मानबहादुर लिम्बूका स्वकीय सचिव सुमन विक लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.