अधिकारी कोषाध्यक्षमा मनोनित

दमक, २४ फागुन । नेपाली कांग्रेस कमल ५ का युवा नेता दिनेश अधिकारी निर्वाचन क्षेत्र न. ५ को प्रदेश सभा (ख) कोषाध्यक्षमा मनोनित भएका छन् । कांग्रेस प्रदेश सभा (ख ) का सभापति रवि केसीले अधिकारीलाई कोषाध्यक्ष पदमा विधान बमोजिम मनोनित गरेका हुन् ।उनी प्रदेश प्रतिनिधि थिए ।
युवा व्यवसायी अधिकारी पाडाजुंगीस्थित आभाष बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लगायतका संघसंस्थाहरुमा आवद्ध छन् ।
कोषाध्यक्षमा मनोनित भएपछि अधिकारीले पार्टीले दिएको जिम्मेवारी इमान्दारीताका साथ पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.