महिला गोल्डकपको उपाधि एपिएफलाई

इलाम, २४ फागुन । इलाममा आयोजित दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ । इलाम सदरमुकाममा शनिबार भएको फाइनलमा एपिएफले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हराउदै उपाधि जित्न सफल भएको हो।

एपिएफको जितमा गीता राना र सविता रानामगरले गोल गरिन् । आर्मीकी विमला चौधरीले सानत्वना गोल फर्काईन् । उपाधिसँगै एपिएफले चार लाख रुपियाँ पुरस्कार पायो । उपविजेता आर्मीले दुई लाख रुपियाँ प्राप्त गरेको छ ।

प्लेयर अफ दी म्याच एपिएफकी सविता रानामगर घोषित भईन्। उत्कृष्ट गोल रक्षक आर्मीकी अञ्जना राना, उत्कृष्ट डिफेन्डर आर्मीकै विमला विक, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी र सर्वोत्कृष्ट खेलाडी एपिएफकी अनिता बस्नेत घोषित भईन् ।

फागुन १७ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.