धरमपुर २५ फागुन । यात्रुवहाक बसकोे ठक्करबाट आज साँझ झापाको शिवसताक्षी नगरपालिका -१ स्थित धरमपुरमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत धरमपुरमा आज साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे १० प ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार मगरको मृत्युभएको प्रहरीले जनाएको छ । ठक्करबाट गंभीर घाइते भएका मगरलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।
प्रहरीले दुर्घटनामा संलग्न बस र बस चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर घटनाका बारे थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षण ढुण्डिराज गिरीले बताए ।