कमलमा महिला उद्यमी,असल बुहारी र स्वरोजगार महिलालाई सम्मान

कमल,२५ फागुन । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आज शुक्रवार झापाको कमल गाउँपालिकाले विभिन्न क्षेत्रका महिलालाई सम्मानसहित विपन्न महिलाहरुलाई आयआर्जनमा जोड्न सहयोगी सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
गाउँपालिकाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच गाउँपालिका भित्र विभिन्न स्वरोजगार पेशा बनाई आएका साना उद्यमी महिलाहरुलाई व्यवसायिक प्रयोजनका लागि ठेला प्रदान गरिएको छ । ठेला पाउनेमा निलकुमारी बिक, सुसन राई, सुनिता मडी , दया राजवंशी, कमला सार्की, रन्जना कुमारी चौधरी, आशा धिमाल, कमला धिमाल, निर्मला राई, निरमाया राजवंशी, माया राजवंशी, सुकमती ताजपुरिया, देवीमाया माझी र मनिता लिम्बू रहेकी छन् ।
त्यस्तै,उद्यमका माध्यमबाट महिलाहरुलाई रोजगारको अवसर सिर्जना गरेको भन्दै कमल ६ स्थित दिव्यदृृष्टी उद्योगकी बबिता तिम्सिना पोखरेलसहित उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहाल,झापाली चिप्सकी सञ्चालिका सविता ढकाललाई सम्मान गरिएको छ ।
त्यस्तै ,गाउँपालिकाले असल बुहारीका रुपमा भीमा भण्डारी, निर्मला कार्की, प्रेमिका राई, उमादेवी भुजेल, लक्ष्मी श्रेष्ठ बिक ,बबिता खरेल बाँस्कोटा लगायतकालाई सम्मान गरेको छ ।
उनीहरुलाई कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य लगायतले सम्मान तथा सहयोगी सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published.