दमक,२४ फागुन । ११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दमकका विभिन्न क्षेत्रका एक दर्जन बढी महिलाहरुलाई सम्मान गरिएको छ ।अखिल नेपाल महिला सघं दमक नगर कमिटीको एघारौ नगर सम्मेलनको अवसर पारेर विभिन्न क्षेत्रमा कार्यरत श्रमिक महिला , भूमिगत राजनीतिका बेला नेताहरुलाई सेल्टर दिएका सेल्टर दाता, दमक नगर कमिटीका संस्थापक पदाधिकारी, सदस्य , पूर्व अध्यक्ष र पत्रकार समेतलाई सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा मजदुर महिलाहरुमा श्री गुरुङ्ग, लीला बस्नेत, देविमाया विक, सरीता माझी (गुरुङ), सावी लिम्बू, प्रेम कुमार श्रेष्ठ, हरिमाया दर्जी , रमा दर्नाल र कमला नेपाल रहेकी छन् ।
यस्तै अनेम सघं दमक नगर कमिटीका संस्थापक पदाधिकारी तथा सदस्यहरुमा भक्तादेवि दाहाल, तिर्थ उदास, गंगा सुवेदी, कुमारी राई, पम्फा दाहाल, हिरा धिमाल र गोमा खनाल रहेकी छन् ।
यसैगरि भूमिगत राजनीति गरेका बेला नेता तथा नेताका परिवारलाई शरण दिएर संरक्षण गरेको भन्दै ४ जना महिलाहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा फूलमाया धिमाल, सीता भण्डारी, शुसिला लामिछाने र सावित्रा प्रसाई रहेकी छन् । यस्तै पूर्व अध्यक्षको रुपमा लीला ढुङ्गेल दाहाल र पत्रकारहरुमा मीना विश्वकर्मा , भूमिराज पराजुलीलाई समेत सम्मान गरिएको थियो ।
महिला दिवसमा दुईजनालाई सम्मान
११३ औं अन्तर्राष्ट्रिय महिला दिवसमा चन्द्रगढी सेवा समाजले दुईजनालाई सम्मान गरेको छ ।पातालकाली भगवती मन्दिरमा बुधवार आयोजित कार्यक्रमका बीच स्थानीय ८८ बर्षिया आमा कमलामाया बस्नेत र भद्रपुर ९ निवासी संजु चम्लागाँईलाई असल बुहारीको रुपमा सम्मान गरिएको हो ।
उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख तथा समाजसेवी चन्द्रमाया श्रेष्ठले दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र प्रदान गरेकी थिइन् । संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीवन लम्साल, सन्जु चम्लागाँई , अधिवक्ता सन्जु रेग्मी , दिलकुमार राईलगायतले मन्तव्य राखेका थिए ।