दमक ,२४ फागुन । झापाको कमल गाउँपालिका ४ आगजनीबाट पीडित एक परिवारलाई नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले राहत सामाग्री प्रदान गरेको छ । स्थानीय भिमबहादुर श्रेष्ठको घरमा आश्रय लिई बसेकी मैयादेवी खड्काको टहरा आगजनीबाट नष्ट भएपछि बिचल्ली भएकी पीडित परिवारलाई एक सेट राहत सामाग्री प्रदान गरिएको सचिव पारषमणि राईले बताए ।आगजनी विद्युत सर्ट भई लागेको हुन सक्ने स्थानीयको अनुमान छ ।
उनका अनुसार गत फागुन २२ गते मध्यरात श्रेष्ठको घरमा आगजनी हुदाँ त्यहाँका व्यवसायी खेमबहादुर गुरुङ्गको पसलमा आगजनी र खड्काको टहरा भने जलेर नष्ट हुन पुगेको थियो । रेडक्रसले खड्कालाई पुर्नास्थापना गराउन एक थान ट्रिपल ,भाडाकुडा,लत्ताकपडा , आलु, चामल ,तेल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको सचिव राईले जनाएका छन् ।
बुधबार घटनास्थलमा पुगेर रेडक्रस सभापति चन्द्र साहसहितको रेडक्रसको टोलीले राहत सामाग्री हस्तान्तरण गरेका थिए । राहत हस्तान्तरणमा सभापति साहसचिव,सचिव राई, कोषाध्यक्ष प्रमोद दाहाल,सदस्य तुलसी तिवारी,नरेन्द्र जनता माविका शिक्षक नायक रामकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।