
दमक,२४ फागुन । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ दमक नगर कमिटीले आज यहाँ आयोजना गरेको खुला रक्तदानमा ४७ पिन्ट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राबिधिक सहयोगमा भएको रक्तदानमा ७ महिलासहित ४७ जनाले रगतदान गरेको संघका दमक नगर कमिटी अध्यक्ष डेन्जोङ्ग लामाले बताए । रक्तदानमा नेकपा एमाले नगर कमिटी सचिवालय सदस्य गुमानसिंह तामाङ ,राष्ट्रिय खेलकुद संघ झापाका सदस्य चिरन न्यौपाने लगायतले रक्तदान गरेका थिए । रक्तदानमा सहभागिलाई प्रंशसा पत्र समेत वितरण गरिएको थियो ।