अन्तर्राष्ट्रिय नारी दिवसमा पथरी शनिश्चरेमा संगिनी नृत्य महोत्सव

पथरी शनिश्चरे, २४ फागुन । ११५ औ अन्तर्राष्ट्रिय नारी दिवसमा अवसरमा शनिवार मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं ३ संगम चोकमा एक दिने संगिनी नृत्य महोत्सव आयोजना गरिएको छ।
श्री महिला जागरूक हरि कीर्तन तथा संगिनी समूह वडा नं ३ को आयोजनामा आयोजित प्रथम संगिनी महोत्सव २०८१ मा मौलिक खाना भुटेको फूलमकै, गुन्द्रुक, आलु लगायतका मौलिक परिकारहरुले पनि आगन्तुक पाहुना तथा अतिथिहरूलाई स्वागत तथा सम्मान बापत खुवाइएको थियो।
महिला जागरुक तथा हरिकेतन समूहकी अध्यक्ष देवीमाया पोख्रेलले अध्यक्षतामा सम्पन्न भएको उक्त महोत्सवको पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्लेले उद्घाटन गरेकी थिइन् । संगिनी महोत्सवको उद्घाटनका क्रममा उनले बहुजाति , बहुभाषी, बहुसंस्कृतिले भरिएको नेपालमा हाम्रा मौलिक तथा परम्परागत संस्कृतिलाई जगेर्ना गर्न नगरपालिकाले पनि प्राथमिकतामा राखेको उल्लेख गरिन् ।नगरभित्रका विभिन्न वडाहरूका ८ वटा संगिनी समूहहरूले सुन्दर तथा मौलिक सङ्गिनी नीतिहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका नगरप्रवक्ता नवीनजन कार्की , वडा नम्बर ४ का वडाअध्यक्ष लोककिरण न्यौपाने, स्वामी निर्विशेषानन्दले शुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा विभिन्न बाल उमेर समूहका बालबालिका तथा वयस्कहरु दिदीबहिनीहरूले कविता र मुक्तक जस्ता सुन्दर रचनाहरू पनि प्रस्तुत गरेर थप मनोरञ्जन पदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published.