शिवसताक्षी,२३ फागुन । झापा शिवसताक्षी- ७ स्थित फाक्तेपमा रहेको बालसेवा आधारभुत बिद्यालयले आज विभिन्न कार्यक्रम गरि ५१ औ बार्षिकउत्सब तथा अभिभावक दिवस मनाएको छ ।
शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा ( रोशन) को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बिद्यालयको प्रतिवेदन प्रस्तुत गरिनुका साथैं छात्रवृत्रि वितरण तथा स्कूल बस खरिदका लागि आर्थिक सहयोग प्रदान गर्ने दाताहरुलाई सम्मान प्रदान गरिएको यियो ।सो अवसरमा बिद्यालयका प्रअ बेनुप्रसाद कार्कीले बिद्यालयको शैक्षिक अवस्था, भाबी योजना सहितको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिद्यालय बस खरिद अभियानमा आर्थिक सहयोग गर्ने दाताहरु निर्मला बाँस्कोटा, जितेन्द्रराज चेम्जोङ्ग , बर्ष उत्कृष्ट शिक्षकहरु मुकेश यादब र नवीन लामिछानेलाई सम्मान गरिएको थियो । त्यस्तै बालसेवा सेभेन स्टार कार्यक्रममा उत्कृष्ट छात्र छात्राहरु र बालसेवा सेभेन स्टार नायक शिक्षक रेनुका राई पुरस्कृत भए ।
सोही अवसरमा सुजना सेर्मा स्मृति छात्रवृत्ति अक्षयकोष , अम्बर सेर्मा स्मृति छात्रवृत्ति अक्षयकोष ,धनबर्ण हंसमाया चेम्जोङ्ग स्मृति छात्रवृत्ति अक्षयकोष ,धनकुमर रनमाया सेर्मा स्मृति छात्रवृत्ति अक्षयकोष , ताराप्रसाद कार्की स्मृति छात्रवृत्ति अक्षयकोष र सकिला राई स्मृति छात्रवृत्ति अक्षयकोषबाट प्राप्त ब्याजको लक्षित बिध्यार्थीहरुलार्इ नगद छात्रवृत्ति तथा ३५ जना बिपन्न बिध्यर्थीहरुलार्इ बिद्यालय पोषाक समेत बितरण गरिएको प्रअ कार्कीले जानकारी दिए ।त्यसैगरि बिध्यार्थीहरुले विभिन्न नृत्य,गायन तथा बक्तृत्वकला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वेच्छिक अवकास लिएका शिक्षक बमबहादुर बुढाथोकी तथा स्थायी नियुक्ति भई अन्यत्र सरुवा गएका शिक्षक ममता लिम्बूलाई बिदाइ गरिएको थियो भने सरुवा आएका शिक्षक सन्देश घिमिरेलाई स्वागत गरिएको छ ।
सो अवसरमा नेपाल शिक्षक महासंघ शिवसताक्षीका सचिब हेतिराज निरौला, नेपाल रेड्क्रस शिवसताक्षी उपशाखाका सभापति गोबिन्द काफ्ले, भानु माविका प्रअ डामकुमार कुँवर , बिद्यालयका संस्थापक अध्यक्ष जितेन्द्रराज चेम्जोङ्ग ,शिवसताक्षी नगर शिक्षा शाखा प्रमुख छबि ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
गतबर्ष स्वर्ण महोत्सव सम्पन्न गरिएपछि स्कुल बस खरिद अभियान सञ्चालन गरि हाल स्कुल बस सञ्चालनमा आइसकेको बताइएको छ । कक्षा नर्सरी देखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन भैइरहेको यस बिद्यलयमा निकट भबिस्यमा नै मावि कक्षा सञ्चालन गर्ने योजना समेत रहेको जनाइएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य सहायक प्रअ रेनुका राईले राखेका थिए । त्यसैगरि,शिक्षकद्धय सन्तोष खत्री र गणेश कटुवालले सञ्चालन गरेका थिए ।