दमक,२३ फागुन । दमककी लिम्बू भाषिक पालाम गायिका दुर्गा तुम्सा संयकले मिम्जिरे चोलुङ पाःलाम म्यूजिक भिडियो निकालेकी छन् ।महिना दिन अघिमात्र इलामको चुलाचुलीमा छायाङकन गरिएको सो म्यूजिक भिडियोको दुर्गा तुम्सा यूट्यूव च्यानलबाट विहिबार सार्वजनिक गरिएको छ । म्यूजिक भिडीयोमा निर्माता तुम्सासहित विश्वास नेम्बाङको स्वर छ भने गीत शान्ता केरुङको छ । म्यूजिक भिडीयोमा पूर्ण लिम्बू,मिरा फियाक, तनाम लावती,निरन्ता नेम्बाङ, अनिल लिम्बू लगायतका कलाकारहरुले अभिनय छ । त्यसैगरि, क्यामेरामा सेवा याक्खा र स्टुडियो सेवा रेकर्डिङले सहयोग पुरयाँएको छ ।
मुन्धुमी गायिका तुम्साले अन्य पालामको म्यूजिक भिडियो भन्दा यो बढी मेहनेत गरेका कारण राम्रो हुने विश्वास आफूलाई लागेको बताईन् । उनले भनिन्, –‘भाषिक क्षेत्रमा फड्को मार्ने प्रयास गरिआएको छु । विश्वास छ, यहाँहरुबाट मलाई पक्कै पनि माया गर्नुहुने छ ।’
म्यूजिक भिडीयो हेरेर यहाँहरुले समग्र पक्षका विषयमा आफूलाई लागेका अमूल्य सुुझावहरु मेरो लागि मार्गदर्शन हुने उनको भनाई छ । उनले भनिन्, –‘यहाँहरुबाट प्राप्त सहयोग ,सुझावले आगामी प्रोडक्सन थप स्तरिय बनाउन सहयोग मात्र नभएर अगाडी बढ्न झनै हौसला प्राप्त हुने छ ’
सार्वजनिक गरिएको पालाम म्यूजिक भिडिओमा बिषेश गरि हाक्पारे,केसामी,पाःलाम शब्दकी रचनाकार शान्ता केरुङले विशेष सहयोग पुरयाँउनुभएको उल्लेख गरेकी छन् । उनले यस प्रस्तुतिमा सिंगो कलाकार टोली तथा सम्पूर्ण टिमकै अमूल्य सहयोग प्राप्त भएको भन्दै धन्यवाद दिएकी छन् ।यसअघि उनले ‘अतिल्लेआङ मेन्निए चिङने कत्ने’ संस्कृतिमूलक पालाम वजारमा ल्याएकी थिईन् ।