पथरी , २३ फागुन ।नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको ४१ औं जुनियर-युवा सर्कल गोष्ठी सम्पन्न भएको छ।बुधबार मोरङको उत्तर पूर्वी मिक्लाजुङ ३ , टाँडीमा दुई दिवसीय ४१ औं जिल्लास्तरीय जुनियर युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको हो।
जुनियर -युवा रेडक्रस सर्कल, कालिका सामुदायिक मावि, टाँडी, मिक्लाजुङको आतिथ्यतामा भएको सो गोष्ठीमा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले सहभागी छात्र छात्राहरुलाई आफ्नो समाजको हरेक विषयमा हिम्मत राखेर आफ्ना कुराहरु राख्न प्रेरित गर्दै नेपालको शिक्षा क्षेत्रको योगदान र ईज्जत आजका शिक्षकले ध्यान दिनुपर्ने औंल्याए । सबै पालिकाले शिक्षा क्षेत्रको सुधार र विकासमा बजेट विनियोजन गर्नुपर्ने उनको भनाई थियो ।
उक्त अवसरमा कालिका सामुदायिक माविका प्रअ मातृका न्यौपानेले मिक्लाजुङ गाउँपालिकामा विभिन्न वडामा पर्यटकीय स्थलहरु सबैको रोजाईको गन्तव्यको रुपमा स्थापित हुँदै गरेको चर्चा गरे ।
रेडक्रस मोरङ जिल्लाका सभापति सुवोध कुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लक्ष्मी मावि , बेलबारीका प्रधानाध्यापक तुलसी प्रसाद खरेल , अस्थायी प्रहरी चौकीका प्रहरी निरीक्षक प्रमोद श्रेष्ठ , वडा नं३ का वडाध्यक्ष सन्तोष कुमार थापा मगर, कालिका सामुदायिक माविका प्राचार्य मातृकाप्रसाद न्यौपाने,लगायतको उपस्थिति रहेको थियो।
उक्त गोष्ठीमा मोरङ जिल्लाभरिका ९५ विद्यालयहरुले सहभागिता जनाएका थिए।