इटहरी, २२ फागुन । सुनसरीको बराहक्षेत्रमा सिटी सफारी दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा बराहक्षेत्र ८ का ५५ बर्षिय राजन सुवेदीकी ९ बर्षिया छोरी बबिता सुवेदी रहेकी जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार आज दिउँसो ४ः३० बजे सुनसरी बराहक्षेत्र–८ मैनबारीस्थित भित्री सडकखण्डमा मैनवारीबाट चक्रघट्टीतर्फ आउँदै गरेको प्रदेश १–०२–००४ ह १९८२ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक सोहि ठाँउका ३५ बर्षिय राजेन्द्र पौडेल सहित सिटीमा सवार बालिका ,उनका बुबा , मोरङ बेलबारी २५ बर्षियाख प्रमिला थापा, बराहक्षेत्र ८ वस्ने वर्ष ३५ की मनिषा खतिवडा , उनकी छोरी वर्ष १ की आस्मी खतिवडा घाइते भएका थिए ।
घाइतेहरुको बिपी कोइराला स्बास्थ्य प्रतिष्ठान धरान र चक्रघट्टी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।