कमल,२२ फागुन । शसस्त्र प्रहरी बलको २० औ स्थापना दिवसका अवसर पारेर झापाको कमल गाउँपालिका -५ मंगलवारे वजारमा आज सरसफाई गरिएको छ । सशस्त्र प्रहरी बल पाथीभरा जवान तालिम शिक्षालय कमल, आमा समूह, बजार समिति र सगुन युवा क्लबको संयुक्त आयोजनामा वृहत वजार सरसफाई गरिएको हो ।
आफनो गाउँघरलाई सफासुन्दर बनाउन उद्देश्यले जनचेतनामूलक सरसफाई कार्यक्रम गरिएको क्लवका अध्यक्ष देबेन्द्र राज आङ्गदेम्बेले बताए । उनका अनुसार होली पर्वको पूर्वसन्ध्यामा क्लवका पदाधिकारी,सदस्यहरु, वजार समिति, आमा समूहका दिदीवहिनी,स्थानीय तथा शसस्त्र प्रहरीको सहयोगमा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमलाई यसरीनै नियमित रुपमा सञ्चालन गरिने उनले जानकारी दिए ।सो अवसरमा सहभागिहरुवीच एकापसमा रंग खेलेर होली पर्व समेत मनाइएको क्लवका सचिव रोशन दाहालले बताए ।
मंगलवारका दिन साप्ताहिक रुपमा त्यहाँ हाट लाग्दैआएको छ । सस्तो वजारका रुपमा चिनिएको यस हाटमा दैनिक उपभोग्यका समानसहित स्थानीय कृषि उपजहरु मुख्य कारोवार हुने गरेको जनाईएको छ ।