दमक,१४ फागुन । नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य समेत रहेका झापा, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अघिल्ला बर्षझै यसवर्ष पनि आफनो जन्मदिन विभिन्न कार्यक्रम गरि मनाएका छन् ।
जन्मदिनलाई सामाजिक काममा जोड्न मनपराउनु हुने उनले यसवर्ष पनि सहयोगको कार्यलाई निरन्तरता दिएका हुन् । यसवर्ष उनले गाउँपालिकाबाट प्राप्त भएको पारिश्रमिक मध्ये रु १ लाख बढी रुपिया जन्मोत्सवमा खर्चिए ।
जन्मोत्सवका अवसर पारेर उनले पालिका भित्रका किर्तनमण्डली, मन्दिर, ऋषिदेव परिवारलाई जिन्सी समान र चार जना विपन्न परिवारका विरामीलाई नगद सहयोग प्रदान गरे । आधा दर्जन स्थानमा पुगेर उनले ती सहयोग उपलव्ध गराए ।
अध्यक्ष राईका स्वकीय सचिव रोशन दाहालका अनुसार कमल- ६ स्थित धर्मज्योति किर्तन मण्डलीलाई एक थान हारमुनियम ,कमल- ७ पशुपति टोलका ऋषिदेव बस्तीमा विभिन्न भाडावर्तन प्रदान गरिएको छ । यस्तै, कमल -४ का मनोसामाजिक समस्या झेल्र्दैआएपनि पैसा अभावले उपचार गर्न नपाएका स्थानीय ३७ बर्षिय मिनकुमार विश्वकर्मालाई रु ११ हजार , कमल -३ का ३४ बर्षिय मिगौला रोगी निर्मल फियाकलाई रु ११ हजार प्रदान गरिएको छ । यस्तै, कमल -६ जीवनचौंकको चन्द्रेश्वर शिवपञ्चायन मन्दिरमा दुई थान सिलिंग पंखा र क्याम्पाको कमल नगर अस्पतालमा उपचार गर्न आएका विरामीहरुलाई समेत फलफूल समेत प्रदान गरेका छन् ।
यस्तै,कमल- १ सराङ्गपाडाका शारीरिक रुपमा अशक्त १६ बर्षिया यस्मिता डाँगी र कमल २ क्याम्पाका विरामी पूर्णवहादुर दर्जीलाई उपचार खर्चका लागि जनही रु ११ हजार रुपिया प्रदान गरे । अध्यक्ष राईले विगत तीन वर्षदेखि आफनो जन्मदिनमा यसरीनै सामाजिक गतिविधिहरुमा यथासक्य सहयोग पुरयाँउदै आएका छन् ।
त्यस अवसरमा अध्यक्ष राईसहित कमल गाउँपालिका वडा न. २ का वडाअध्यक्ष अशोक लिम्बू,कमल ६ का वडा सदस्य ओमनाथ पराजुली,कांग्रेस प्रदेश सभा (२ ) का कोषाध्यक्ष दिनेश अधिकारी ,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।