खोलामा डुबेर एक जनाको मृत्यु

मोरङ,२२ फागुन । मोरङको जहदा गाउँपालिका -४ लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका १८ बर्षीय उपेन्द्र यादव रहेका छन् । आइतवार दिउसो २ बजे माछा मार्न गएका यादव पानीमा डुबेको स्थानीयले देखेपछि कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु सात जना घाईते
ओखलढुङ्गा । ओखलढुंगाको सिद्दिचरण नगरपालिका–५ सिस्नेखोलास्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् ।
मृत्यु हुनेमा ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका–३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । ओखलढुंगातर्फ आउदै गरेको प्रदेश १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.