राईद्धारा जन्मदिनमा असहाय तथा विपन्नलाई सहयोग

दमक,२२ फागुन । नेपाली कांग्रेस १ नम्बर प्रदेश सदस्य तथा झापा, कमल ५ मंगलवारे निवासी हुकुमसिंह राईले आफनो जन्मोत्सवको अवसर पारेर कमलका असहाय ,विपन्न समुदायलाई सहयोग उपलव्ध गराएका छन् ।
जन्मदिनलाई सेवासंग जोडिएर बर्सेनी परोपकारी कार्य गरिआएका सामाजिक व्यक्तित्व राईले आज कमल ७ को सिद्धश्वर गुरुकुल शिक्षा मन्दिरका बटुकलाई चप्पलसहित खाद्यान्न र सोहि वडाको पाथीभरा टोल निवासी मिगौला रोगी ५० बर्षिय मनोज लकान्द्रीलाई नगद १५ हजार आर्थिक सहयोग गरेका छन् ।
यसैगरि ,कमल ४ को जोगीचौनमा बस्दैआएका त्यहाँका विपन्न २६ परिवारलाई खाद्यान्न सहयोग हस्तान्तरण गरेका छन् । लक्षित समुदाय छनौट गरि ती विपन्न परिवारलाई चामल एक बोरा, दाल ,तेल,नुन उपलव्ध गराएका हुन् ।
सहायता सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी राईले जन्मदिनलाई स्वेच्छिक रुपमा यसरीनै सेवा पुरयाँउदै आएको सुनाए । तीन वर्ष अघि कमल ५ को आगोलागी पीडितलाई पनि जन्मदिनमा ४० हजार सहयोग दिएका थिए ।
गाउँपालिकाको निर्वाचनमा राई कांग्रेसबाट अध्यक्षका उम्मेदवार भई हालकी अध्यक्ष मेनुका काफ्लेसंग गोलाप्रथामा पराजित भएका थिए । समाजसेवामा सक्रिय राईले कमलका विभिन्न सामाजिक कार्यमा समेत सहयोग पुरयाँउदैआएका छन् ।
सहयोग सामाग्री हस्तान्तरणमा दाता राईसहित कांग्रेस कमल ४ का सभापति सागर चाम्लिङ, कमल ५ का पूर्व वडा सभापति एकराज प्याकुरेल,कमल ७ का वडासभापति डम्बर पन्त,जितेन राई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.