
दमक,२१ फागुन । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको काम एमालेले मात्र गर्न सक्ने बताएका छन् ।
झापा,क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य समेत रहेका उनले आज विहान कमल गाउँपालिका ६ खयरबारी स्थित रतुवा नदीको १९ ठाँउमा निर्माण हुने तटबन्धको एकैसाथ शिलान्यास गर्दे विकास र समृद्धिको लक्ष्यमा पुरयाँउन एमाले ढृण संकल्पीत भएको बताए ।
रतुवा नदीबाट बर्सेनी ठुलो जनधनको क्षति व्यहोर्नुभएको कमलबासीलाई अव बाढी,कटानको चिन्ता कहिल्यै नआउने भन्दैं उनले भने ,–‘रतुवा नदीलाई व्यवस्थित तटबन्ध गर्ने काम शुरु भएको छ,यो समयमै काम सम्पन्न हुने छ ’
करिव १२ किलोमिटर लामो निर्माण हुने उक्त तटबन्ध कार्यको शिलान्यासका क्रममा उनले नदी तटबन्ध,सडक ,पुलपुलेसा ,स्कूल जस्ता अनेकौ विकासको काम आफनो सरकारले प्रशस्तै काम गरेको दावी गरे ।
रतुवा, मावा नदीमा पुल नहुदाँ आफू कयौपटक पौडी खेलेर तरेको स्मरण गर्दे उनले अहिले पुल निर्माण भएपनि नदीमा तटबन्ध नहुदाँ समस्या हुदैआएको र अव त्यस्तो समस्या नआउने बताए ।
उनले अवको तीनै तहको निर्वाचनमा एमालेले फेरि सरकार बनाउने गरि जनताले मत दिने विश्वास गरे ।
शिलान्यासका क्रममा पूर्व प्रम ओलीसमक्ष स्थानीय युवाहरुले झोलुङ्गेको लागि विगतमा विनियोजित रकम अपुग भई ठेक्का प्रकियामा समेत लाग्न नसकेका भन्दै कार्य सम्पन्न गर्न थप रकम बिनियोजित गरिदिनका लागि ज्ञापन पत्र समेत बुझाईएको युवा संघका स्थानीय नेता प्रदिप बस्नेतले जानकारी दिए ।