बिर्तामोड,२२ फागुन । मोटरसाइकलको ठक्करबाट झापाको शरणामतीका ५५ वर्षीया शम्भु कार्कीको मृत्यु भएको छ ।झापा गाउँपालिका–४ स्थित हुलाकी राजमार्गमा शरणामतीबाट कुमरखोद जाँदै गरेको मे ३ प ५९२१ नम्वरको मोटरसाइकलले कार्कीलाई ठक्कर दिएको थियो ।
कार्कीको उपचारका क्रममा सोमबार राति बिर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।घटनापछि प्रहरीले मोटरसाइकल चालक झापा गाउँपालिका–१ का पदमबहादुर राजवंशीलाई नियन्त्रणमा लिएको छ ।