दमकका पौडेलको अमेरिकामा मृत्यु

दमक, २१ फागुन । झापा, दमक -९ घर भई हाल अमेरिका बस्दैआएका २६ बर्षिय खगेन्द्र पौडेलको सवारी दुर्घटनामा मृत्युभएको छ ।अमेरिकाको वोस्टनमा बस्दैआएका उनको दुई दिन अघि सडक दुर्घटनाबाट मृत्युभएको त्यहाँस्थित दमककै घरभएका शिव साहले बताए । उनका अनुसार तीन जना सवार कारलाई ट्याक्टर टेलर गाडीले ठक्कर दिएको थियो । ठक्करबाट दुई जना भने बाँच्न सफल भएका थिए भने पौडेलको घटनास्थलमा नै ज्यान गएको थियो । मृतक पौडेल साथीहरुसंग घुम्न पेन्सल्भिनिया आएको बताईएको छ ।
मृतक नेपाली कांग्रेसकी महाधिबेशन प्रतिनिधि तथा सामाजिक व्यक्तित्व मन्दरा पौडेलको एकमात्र सुपुत्र हुन् । उनी बर्षदिन अघि मात्र डिभि लटरीमार्फत अमेरिका पुगेका थिए । यसैवीच पीडित परिवारले छोराको शव नेपाल ल्याई दिन त्यहाँको राज्य सरकार लगायत विभिन्न सामाजिक संघसंस्थालाई अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published.