आस्था कलेजका १०५ जना विद्यार्थीहरु दीक्षित हुदैं

दमक,२१ फागुन । दमकको आस्था कलेज अफ मेनेजमेन्टल भोलि विहिबार विविएस चौथो वर्ष पूरा गरेका विद्यार्थीहरुलाई दिक्षीत गर्ने भएको छ ।कलेजका अनुसार कार्यक्रममा विविएस चौथो वर्ष पूरा गरेका १०५ जना विद्यार्थीहरुलाई दिक्षीत गरिने छ । बुधबार कलेजले पत्रकार सम्मेलन गरि दिक्षान्त समारोहको तयारीका विषयमा जानकारी दिएको हो ।
कलेजका प्रमुख टेकनाथ भण्डारी, कलेजका अध्यक्ष बलभद्र कोइरालाले पूर्वकै उत्कृष्ठ शैक्षिक गन्तव्यका रुपमा विकास हुदै गएको यस कलेजले गतवर्षदेखि विद्यार्थीहरुको सम्मानमा दिक्षीत गरिने कार्यक्रम शुरु गरिएको र यसवर्ष निरन्तरता दिईएको उल्लेख गरेका छन् ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा विहिबार हुने दिक्षान्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको क्याम्पस प्रमुख भण्डारीले बताए ।
२०१५ मा आइएसओ मान्यता प्राप्त दमक -४ मा रहेको आस्था कलेज देशभरिकै उत्कृष्ठ तीन र २०१९ मा कोशी प्रदेशको उत्कृष्ठ उपाधि प्राप्त गरेको थियो । कलेजले निकट भविष्यमा विज्ञान संकाय, व्यवस्थापन अन्तगर्तका एमवीए,विविए,विआईएम,वीएचएम लगायतका प्रविधि तथा सीपमूलक शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने तयारी भईरहेको अध्यक्ष कोइरालाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.