फेजोङले सातौ कृति उपन्यास निकाले

दमक,२१ फागुन । झापा,काकड्भिट्टा निवासी लेखक साधुकुमार फेजोङले सामाजिक विषयमा आधारित उपन्यास निकालेका छन् । विभिन्न विषयमा कलम चलाउदै आएका उनीद्धारा लिखीत ‘अजम्बरी माया पनि मर्दोरहेछ ,इश्वरीय प्रेम मात्र बाँच्दो रहेछ ’ नामक उपन्यासको बुधबार लोकापर्ण गरिएको हो ।
बिर्तामोडमा एक कार्यक्रमका बीच उपन्यासको लोकापर्ण गर्नुका साथैं उपन्यासका विविध बिषयमा चर्चा समेत गरिएको लेखक फेजोङले बताएकाछन् ।
लेखक फेजोङको योसहित सात वटा कृति वजारमा आईसकेका छन् । उनले अनन्तको सत्यबाटो (२०६१),थाप्लोमा भारी (२०६४ ),इश्वरलाई पुज्छौ की (२०६५ ),किरात मुन्धुम इतिहास (२०६७ , सवालजवाफ (२०७० ) र डलर खानलाई ख्रिष्टियन (२०७५ ) मा पुस्तक वजारा ल्याएका छन् । वर्षदिन भित्रैमा उनले सामाजिक मुद्याका विषयमा थप पुस्तक निकाल्नका लागि तयारी गरिरहेको बताए ।
सवै पुस्तक शुभेच्छुकहरुको सहयोगबाट प्रकाशन गर्न सकेको भन्दै उनले पठन संस्कृतिमा जोड दिन पनि पुस्तक पढ्न समेत प्रेरित गरिआएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published.