आम्दा कलेजमा रक्तदान ,६३ पिन्ट रगत संकलन

दमक,२० फागुन । आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठान दमकले मंगलवार आयोजना गरेको रक्तदानमा ६३ पिन्ट रगत संकलन भएको छ । दमक २ स्थित प्रतिष्ठान परिषरमा आयोजित रक्तदानमा ५३ महिला र १० पुरुष गरि ६३ जनाले रगतदान गरेका छन् । रक्तदानमा कलेजमा अध्ययनरत विद्यार्थीहरुले रगतदान गरेका थिए ।
रक्तदान नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राबिधिक सहयोगमा भएको थियो । रक्तदानमा सहभागिहरुलाई कलेजकी प्रमुख प्रमिला देवानले रक्तदानको महत्वको विषयमा चर्चा गर्नुका साथैं रक्तदानमा सहभागिहरुलाई धन्यवाद मन्तव्य राखेकी थिईन् ।

Leave a Reply

Your email address will not be published.