मोरङ ,२० फागुन । जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छलीका सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।सोमबार साँझ विराटनगर महानगरपालिका–१८ स्थित आइसीपी रोडबाट युपी ८७ ९१८१ नम्बरको ट्रकमा भन्सार पास गरेको भन्दा बढी मूल्यका समानहरु रहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ट्रकलाई नियन्त्रणमा लिएको हो ।
ट्रकसहित ४५ लाख बराबरको इलेक्ट्रिक, फुड सम्पीमेट्री, कस्मेटिक, मेडिकललगायतका सामानहरूसहित ट्रक चालक ३५ वर्षीय भारतीय नागरिक मोहम्मद अस्लामलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको हो ।