दमक बहुमुखी क्याम्पसको अध्यक्षमा भण्डारी

दमक,२० फागुन । दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा ढुण्डिराज भण्डारी चुनिएका छन् । अध्यक्ष तथा उपाध्यक्ष पदमा सहमति नजुटेपछि १५ सदस्यहरु वीच आन्तरिक निर्वाचन भएको थियो । निर्वाचनमा भण्डारीले १० मत ल्याई विजयी भए ।  युवा व्यक्तित्व भण्डारी राजनीतिक संगै सामाजिक क्षेत्रमा क्रियाशील छन् ।
उनका प्रतिष्पर्धी अम्बिका प्रसाद खनालले ५ मत प्राप्त गरेका थिए । यसैगरि , उपाध्यक्षमा रिता बस्नेत (श्रेष्ठ ) निर्वाचित भईन् । उनले ९ र उनका प्रतिष्पर्धी बेदनिधि गौतम (वेदु ) ले ६ मत प्राप्त गरेका थिए ।
यसअघि निर्वाचन कार्यक्रम अन्तर्गत ११ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा शुरेस सुब्बा,अम्बिका प्रसाद खनाल, देउकुमार नेम्बाङ्ग,बोधराज घिमिरे,मोहन धिमाल, रिता बस्नेत (श्रेष्ठ ) , बेदनिधि गौतम (वेदु) ,शेरबहादुर भट्टराई, भिम पौडेल र नरहरि दाहाल चुनिएका थिए । सञ्चालक समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख हुने व्यवस्था छ ।
यसैगरि लेखा समितिको संयोजकमा कुलबहादुर बस्नेत (रवि ) र सदस्यहरुमा येशुराज खाहाल, ओममाया आङ्गदेम्बे, हरिकुमार सुवेदी र कर्मा पुलामी मगर निर्विरोध निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.