कांग्रेसले पूर्व आप्रवासीहरुको प्रदेशस्तरीय भेला गर्ने

दमक,२० फागुन । नेपाली कांग्रेसको पूर्व आप्रवासी समन्वय विभागले यही फागुन २४ र २५ गते झापामा कोशी प्रदेशस्तरीय बृहत भेला तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।
विभागले झापाको विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा कांग्रेस नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा आयोजना गर्ने सो कार्यक्रमको पूर्व तयारी धमाधम भइरहेको विभागका कोशी प्रदेश संयोजक विज्ञान प्रसाइँले जानकारी दिए ।
पूर्व आप्रवासी तथभा विदेशबाट फर्किएका कांग्रेससँग नजिक हुन चाहने सर्वसाधारणलाई एकीकृत र संगठित बनाउँदै स्वदेशमानै आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्धेश्यसहित विभागले बैचारिक बहस समेत गर्ने गरि सो कार्यक्रम तय गरिएको प्रसाइँले बताए ।
विदेशदेखि स्वदेश सम्म बिषयक दुई दिने कार्यशालामा झापासहित कोशी प्रदेशका १४ वटै जिल्लाहरुबाट सयौंको संख्यामा सहभागि हुने बताईएको छ । कार्यक्रमको तयारीसँगै नेपाली कांग्रेस झापाले जिल्लास्थित सबै निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र र पालिका समितिहरुलाई लक्षित सहभागीहरुसहित उपस्थित हुन सर्कुलर जारी गरेको जनाइएको छ ।
सो कार्यक्रमको उदघाटनका लागि नेता डा. कोइराला २३ फागुनमानै झापा आउने बताइएको छ । सो क्रममा नेता कोइरालाले झापामा रहेको पार्टी गतिबिधि, यहाँका समस्याहरुबारेमा पनि कार्यकर्ताहरुसँग संवाद गर्ने डाक्टर कोइरालाको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.