
झापा,१८ फागुन । राप्रपा नेपालका अध्यक्ष कमलले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गरेका थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका हुन् । जसअनुसार उनले ६ जनालाई उपाध्यक्ष बनाएका छन् भने ४ जनालाई महामन्त्री र ६ जनालाई सहायक मन्त्री बनाएका छन् ।
राप्रपा प्रवक्ता सुरेश आचार्यले जारी गरेको विज्ञप्तिमा राजीब पराजुली (पर्सा ), उद्धव पौडेल (काठमाडौं), जयकुमार खड्का (काठमाडौं), राजेन्द्र वीर राय (बाँके), डा. विष्णु भण्डारी (तनहुँ ) र लाक्पा तामाङ (धनकुटा) उपाध्यक्ष चयन भएका छन् । आज मनोनयनमा परेकामध्ये उपाध्यक्ष लाक्पाले आफू अध्यक्ष रहेको राप्रपा नेपाल कमल थापाको जिम्मा लगाएका थिए ।
उनले कमल थापाले राप्रपा परित्याग गरेपछि थापालाई पार्टी बुझाएका हुन् । यसैगरी महामन्त्रीमा भास्कर भद्रा (ललितपुर), सुशिल श्रेष्ठ (महोत्तरी), इन्द्र चित्रकार (काठमाडौं) र राजाराम बर्तौला (मकवानपुर)मनोनित हुँदा सहायक महामन्त्रीमा हरिकृष्ण श्रेष्ठ (सुनसरी), धरम गुरुङ (पर्वत), अम्बिका प्रसाद ढकाल (भोजपुर), शिव कुमार बास्तोला (कास्की), ममता राई (झापा ) र शशिरञ्जन यादव (महोत्तरी )चयन भएका छन् ।
यसअघि फागुन १५ मा पनि थापाले ६ जनालाई पदाधिकारीमा मनोनयन गरेका थिए । त्यतिबेला उनले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गरेका हुन् । जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित भएका थिए भने प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, तेजकुमार कुरुम्बाङ र आइतराम तामाङ चयन भएका थिए । यससँगै राप्रपा नेपालमा पदाधिकारी संख्या अध्यक्षसहित २३ सदस्यीय भएको छ ।
रेखा थापासहित राप्रपामा १४ जना केन्द्रीय सदस्य मनोनीत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।
राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी काठमाडौंकी रेखा थापा पनि केन्द्रीय सदस्य मनोनीत भएकी छन् ।
यस्तै इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रूपन्देहीकी स्वाती थापा पनि केन्द्रीय सदस्य मनोनीत भएका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार कपिलबस्तुकी पुष्पा रजौरिया, काठमाडौंकी लक्ष्मी तण्डुकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मीना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौंकी सावित्रा थापा पनि केन्द्रीय सदस्य मनोनीत भएका छन् ।