बिर्तामोड ,१८ फागुन । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद झापाको अध्यक्षमा पुनः गजेन्द्र आचार्य चयन भएका छन् । विर्तामोडमा शनिवार सम्पन्न परिषदको ११औं जिल्ला अधिवेशनले वरिष्ठ अधिवक्ता आचार्यको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
३१ सदस्यीय गठित जिल्ला कमिटीको उपाध्यक्षमा तुलसी प्रसाद निरौला, सचिवमा चन्द्र प्रकाश भट्टराई (सिपी), उपसचिवमा कविता पौड्याल र उमानाथ अधिकारी, कोषाध्यक्षमा खडानन्द गुराँगाई चयन भएकाछन् ।
नेपाल बुद्धिजीवी परिषदको केन्द्रीय उपाध्यक्ष राधा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय सचिव यज्ञ शर्मा, एमाले केन्द्रीय सदस्य मिना उप्रेती लगायतको उपस्थिति रहेको थियो ।